कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुँने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुँने


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ ।

पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ ।

कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।

सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ०३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा