‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस | Khabarhub Khabarhub

‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ ।

यो कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टले जनाएको छ । फाइनप्रिन्टका अनुसार कार्यक्रममा लेखकका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन् ।

‘हामीलाई लाग्छ, यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउनेछ । बौद्धिक बहसको एउटा क्रमलाई निरन्तरता दिनेछ । कोभिडले ल्याएको मानिस–मानिसबीचको दूरी हटाउनेछ । भावनात्मक एकता ल्याउन सघाउनेछ’, फाइनप्रिन्टका अजित बराल भन्छन् ।

कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो । कार्यक्रम निःशुल्क गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा ‘एक ज्यान दुई जुनी’का लेखक देवेन्द्रराज पाण्डे, ‘गुमनाम आमाहरूको कथा’का लेखक डा. बाबुराम भट्टराई, ‘जिजीविषा’की लेखक मनीषा कोइराला, ‘देश देशावर’का लेखक जीवा लामिछाने, ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारशिला’का अनुवादक मुराहरि पराजुली, ‘क’का लेखक असीम सागर, ‘कबाल्स एन्ड कार्टेल्स’का लेखक राजीव उपाध्याय, ‘बिटविन क्विन्स एन्ड द सिटिज’का लेखक निरञ्जन कुँवर र ‘रहर’का लेखक सुरेश बडालको सहभागिता रहनेछ ।

कार्यक्रममै रवीन्द्र मिश्रको नयाँ कृति ‘राजनीतिसँगै राजकाज’ पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्नेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ५ : ०० बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ