संसद सचिवालयलाई 'दाहाल-नेपाल' समूहको पत्र- ओलीका कामकारबाहीलाई मान्यता नदिनू | Khabarhub Khabarhub

संसद सचिवालयलाई ‘दाहाल-नेपाल’ समूहको पत्र- ओलीका कामकारबाहीलाई मान्यता नदिनू


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाएकोबारे संसद् सचिवालयलाई जानकारी गराएको छ ।

बिहीबार प्रमुख सचेतक देव गुरुङसहित सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर संसदीय दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई पत्र पठाउँदै प्रधानमन्त्री ओली पार्टी सदस्य नै नरहेकाले संसदीय दलको नेताका रुपमा रहन नसक्ने भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

पत्रमा प्रचण्डले १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् ।

‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु ।’ पत्रमा भनिएको छ, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत रहेका भन्दै पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको पत्रमा उल्लेख छ।

यस्तो छ पत्र

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ६ : ५१ बजे

सगरमाथा संवाद सुरु

काठमाडौं– ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको

कारको ठक्करबाट दुई महिलाको मृत्यु

कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र