वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण | Khabarhub Khabarhub

वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन् ।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए ।

भूकम्प गएको दिनमै वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे ।

अध्यक्ष पन्तले वस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए ।

प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणका तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने रु चार लाख अनुदान दिने प्रतिबद्धता व्यक्त गरे ।

लाभग्राही राज गुरुङले नमूना वस्ती तोकिएको समयमै सम्पन्न हुने बताए । परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र वस्ती निर्माण सपन्न गरिने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ४५ बजे

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

 वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार