सुनको आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टको प्रतिबद्धता « Khabarhub

सुनको आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टको प्रतिबद्धता


२० फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे ।

बजारको आवश्यकताअनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्नेमा उनले जोड दिए । सो अवसरमा महासङ्घका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव देखिएकाले तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे ।

कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ११ : १२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको