ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला « Khabarhub

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज (शुक्रवार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ खुलेको छ ।

यसअघि फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासन गर्ने भनिए पनि आजैबाट ६६ लाख कित्ता आईपीओ निष्काशन गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले जनाएको छ ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : २९ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर