ओली उपस्थित नहुने भएपछि झापाको आमसभा स्थगित « Khabarhub

ओली उपस्थित नहुने भएपछि झापाको आमसभा स्थगित


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गर्ने आमसभा स्थगित गरिएको छ ।

आज काठमाडौँमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’  र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।

विप्लव समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमति भएपछि यसबारेमा जानकारी दिन आज विशेष कार्यक्रमको आयोजना गरिएको छ । सम्बोधन र सम्झौता हस्ताक्षरका लागि विप्लव रुपन्देहीबाट आज बिहान काठमाडौँ हिँडिसकेका छन् ।

यसकारण प्रधानमन्त्री झापा जाने कार्यक्रम स्थगित भएको हो ।  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रधानमन्त्री नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ४० बजे

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्