दोस्रो चरणको कोरोना खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए | Khabarhub Khabarhub

दोस्रो चरणको कोरोना खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ ।

यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ ।

खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ ।

खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामङ्गल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् ।

अहिले तोकिएका भन्दा अरु अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको सङ्ख्या पूर्वानुमान गर्नुपर्ने, सूक्ष्म व्यवस्थापनमा काम गर्नुपर्ने, अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे यकिन गर्नुपर्ने, स्वयंसेवकको सङ्ख्या बढाउनुपर्ने, वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने प्रवक्ताको भनाइ छ ।

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले तोकिएका १५ खोप केन्द्रमध्ये गङ्गालाल हृदय केन्द्र बूढानीलकण्ठ नगरको व्यवस्थापनमा पर्छ । बाँकी १४ वटा महानगरको व्यवस्थापन क्षेत्रमा छन् ।

एउटा केन्द्रमा दुई जना खोप लगाइदिने व्यक्ति र छ स्वयंसेवक खटाउने तयारी छ । “कामपामा यसपटक करिब दुई लाख १५ हजार व्यक्ति खोपका लक्षित समूहमा हुनुहुन्छ । विगतका अभ्यास हेर्दा सबै जना खोपका लागि आउनुहुन्न । त्यसमध्ये करिब एक लाख ५० हजार व्यक्ति खोपका लागि आउने हामीले अपेक्षा गरेका छौँ”, कुँवरले भने ।

सबै केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । उनका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्र लिएर जानुपर्नेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।

‘कोभिड–१९ रोगविरुद्धको खोप अभियान, कार्यक्रम सञ्चालन निर्देशिका २०७७/०७८’ मा पालिकाका अध्यक्ष/प्रमुखको संयोजकत्वमा पालिका समन्वय समिति र वडाध्यक्षको संयोजकत्वमा वडा समन्वय समिति गठन हुने व्यवस्था छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : १७ बजे

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

 वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार