नवलपरासीमा शहीद फूलमायाको परिवारलाई भेटे विप्लवले | Khabarhub Khabarhub

नवलपरासीमा शहीद फूलमायाको परिवारलाई भेटे विप्लवले


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जनयुद्धका क्रममा ज्यान गुमाएकी नवलपरासीकी प्रथम शहीद फूलमाया सारुकाे परिवारलाई आज बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गरेका छन् ।

माओवादी विचारधाराका पार्टीहरुले फागुन १४ देखि २१ सम्म बलिदान सप्ताहका रुपमा मनाउँदै आएका छन् । बलिदान सप्ताहकाे अन्तिम दिन आज विप्लवले सारुकाे परिवारलाई भेट गरेकाे नेकपा विप्लवका देवचुली इन्चार्ज रबिले जानकारी दिए ।

विप्लवलाई शहीद फूलमायाको परिवारले रातो टीका लगाएर काठमाडौँ बिदाइ गरेका थिए । विप्लवले आजै हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

फूलमायाको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमा भएकाे माओवादी आक्रमणका क्रममा ज्यान गएकाे थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायल-इरान युद्धमा अमेरिकी सेनाको संलग्नता कति सम्भव ?

काठमाडौं – इरान र इजरायलको युद्धमा अमेरिकी संलग्नताको सम्भावनाका बारे

क्लब विश्वकप : फ्लेमिङ्गोको विजयी सुरुवात

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय