सरकारसँगको सहमति 'सेफ ल्यान्डिङ' हो : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारसँगको सहमति ‘सेफ ल्यान्डिङ’ हो : प्रधानमन्त्री (भिडियोसहित)


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै हिंसात्मक गतिविधिमा संलग्न शक्ति नभएको दावी गरे ।

विप्लव समूह राजनीतिक मुलुधारमा आउनु फोर्स ल्यान्डिङ, क्र्यास ल्यान्डिङ नभइ सेफ ल्यान्डिङ भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘यो फोर्स ल्यान्डिङ होइन, क्रास ल्यान्डिङ पनि होइन । यो सेफ ल्यान्डिङ हो ।’

प्रधानमन्त्री ओलीले रातारात नभइ लामो समयदेखिको वार्ताको परिणाम स्वरुप विप्लव समूहसँग अहिले सहमति हुन सफल भएको बताए ।

‘यो रातारात भएको सहमति होइन, यसका लागि विगत एक वर्षभन्दा बढी समयदेखि हामी गम्भीर वार्तामा बस्दै आएका थियौँ ।’ उनले भने ।

हेरौँ भिडियो

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ५४ बजे

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने