अब हाम्रो पात्रोबाटै अंग्रेजी भाषा सिक्न सकिने « Khabarhub

अब हाम्रो पात्रोबाटै अंग्रेजी भाषा सिक्न सकिने


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अंग्रेजी भाषासमेत सिक्न पाइने भएको छ । हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचरअन्तर्गत अडियो भर्सनमा अंग्रेजी भाषा सिकाई सुरु गरेको हो ।

यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अंग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ । विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरुका अनुभवसहित अंग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रीत हुनेछ ।

कक्षाकोठामा शिक्षकसँग प्रश्न सोध्न, ग्राहकसँग कुराकानी गर्न र विदेशी व्यक्तिहरुसँग पूर्ण आत्मविश्वासका साथ कुरा गर्न यो पोडकास्टले सहयोग पुर्‍याउने जनाइएको छ ।

हाम्रोपात्रो इंकका अनुसार हाम्रो पोडकास्ट अन्तर्गत दुई सातामा एउटा नयाँ एपिसोड अपलोड हुनेछ । तीन वटा एपिसोड अपलोड भइसकेको यो पोडकास्ट खास गरी दश कक्षा माथिको अध्ययन गरेका व्यक्तिहरुलाई लक्षित गरी सुरु गरिएको हो ।

‘पोडकास्ट आधारभूत अंग्रेजी सिकाईमा भन्दा पनि अंग्रेजी जानेका तर उच्चारणमा समस्या भएका प्रयोगकर्ता प्रति लक्षित गरेका छौं,’ पोडकास्ट सञ्चालक पोखरेलले भने, ‘अंग्रेजी जाने पनि उच्चारण नमिल्दा विदेशीहरुलाई आफ्नो कुरा बुझाउन नसक्ने समस्या धेरैले भोगिरहेका हुन्छन् । यसबाट त्यस्ता व्यक्तिहरुलाई अंग्रेजी प्रस्ट बुझ्न तथा बोल्न सहयोग पुग्ने आशा लिएका छौं ।’

एन्ड्रोइड प्रयोगकर्ताले हाम्रो पात्रोको मूख्य पेजमा केही तल स्क्रोल गरेर फिचर्ड पोडकास्ट इन हाम्रोपात्रो अन्तर्गत ‘इंग्लिस फर नेपाली स्पिकर’मा यो पोडकास्ट फेला पार्न सक्नेछन् । आईफोन प्रयोगकर्ताले भने हाम्रो विशेष पोडकास्टमा जानुपर्ने हुन्छ । यसका साथै यहाँ क्लिक गरी सोझै वेबसाइटमार्फत पनि पोडकास्ट सुन्न सकिनेछ ।

कम्पनीले पोडकास्टलाई विशेष प्राथमिकताका साथ छुट्टै वेबसाइट पोडकास्ट डट हाम्रोपात्रो डट कम सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक शंकर उप्रेतीले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ०१ बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम