कोरोना कहर : कुवेतमा एक महिने कर्फ्यू घोषणा « Khabarhub

कोरोना कहर : कुवेतमा एक महिने कर्फ्यू घोषणा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको गन्तव्य रहेको कुवेतले पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मार्च ७ अर्थात आइतबार देखि एक महिने लामो कर्फ्यू लगाउने घोषणा गरेको छ ।

बिहीबार बसेको कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ ।

रमजानको धन्य महिनाको सुरु हुनुभन्दा अघि कर्फ्यू हटाइने जनाएको छ । मन्त्रिपरिषद्ले आइतबारदेखि लागू हुने गरी सैलून, नाईक पसल, स्वास्थ्य क्लब र अन्य व्यावसायिक गतिविधिहरू साँझ ५ देखि बिहान ५ बजेसम्म पूर्ण रुपमा बन्द
गरेर कर्फ्यूको निर्णय पालना गर्न समेत बैठकले अनुरोध गरेको छ ।

कुवेतले केही समयदेखि नेपालसहित उच्च जोखिममा ६८ देशहरूबाट आप्रवासी श्रमिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय जारी रहेको मन्त्रिपरिषद्ले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या २ लाख नजिक

कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७१६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसंगै सङ्क्रमितको सङ्ख्या १ लाख ९६ हजार ४९७ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्य १ लाख ८३ हजार ३२१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार १०५ रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न अस्पतालहरुमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ७१ रहेछको मन्त्रालयले जनाएको छ ।

जनतालाई भाइरसको फैलावट सीमित गर्न स्वास्थ्य सावधानी, मुख्यतया सामाजिक दूरीको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । कुवेतले सुरुवाती चरणमा संक्रमितको राष्ट्रियता खुलाए पनि पछिल्लो समय राष्ट्रियता खुलाएको छैन । कुवेतमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने त्यहाँस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ११ : २८ बजे

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना

पोखरेलीलाई ‘कनेक्टिभिटी’ सहज बनाउन पूर्वेलीको सुझाव

गण्डकी– पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’