‘डियर बन्न मन छ’मा ‘कृष्णलीला’ जोडी « Khabarhub

‘डियर बन्न मन छ’मा ‘कृष्णलीला’ जोडी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत २७ मा प्रदर्शन हुने फिल्म ‘कृष्णलीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’सार्वजनिक भएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, भावना गुरुङ र नवीन रेग्मी फिचर्ड छन् ।

नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन ।

दीपक ओली निर्देशित फिल्मको यसअघि ‘कुनै दिन यस्तो पनि’ बोलको प्रेमील गीत सार्वजनीक गरिएको थियो । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालको इलाम, झापा र पाँचथरका विभिन्न रमणीय स्थानमा गरिएको छ ।

फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, श्री श्रेष्ठको द्वन्द्व छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रवीन्द्र, नवीन र भावनाका साथमा हिउँवाला गौतम, आयुष गुरागाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको बितरक पनि आरआर फिल्मस् नै हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : २० बजे

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन