भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु « Khabarhub

भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परिक्षण गरिएको छ ।

तीमध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

–एएनआई

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : १३ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी