राजीनामा दिएर अलिकति नैतिकता देखाउने ओलीलाई अन्तिम मौका : माधव नेपाल « Khabarhub

राजीनामा दिएर अलिकति नैतिकता देखाउने ओलीलाई अन्तिम मौका : माधव नेपाल


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता नदेखाए इतिहासमा कलंकित मात्रै हुने बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिशडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर थोरै भएपनि नैतिकता देखाउन अन्तिम मौका बाँकी रहेको बताएका हुन्।

‘केपी ओलीलाई हामी अन्तिम मौका दिइरहेका छौं। राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस्। नभए इतिहासमा तपाई सधैंभरि कलंकित मात्रै हुनु हुनेछ’ नेपालले भने,‘धेरै फुर्ती नदेखाउनुहोस्। तपाईका फुर्ती देखाउने दिन गए।’

नेपालले ओलीले आफैले बनाएको संविधानलाई मृत बनाएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी पनि गरे।

‘कम्युनिस्ट बिचार बोक्नेहरू प्रतिगमनमा पनि लाग्दा रहेछन् भन्ने एउटा उहाँले नकारात्मक उदाहरण दिनुभएको छ। विगतमा पनि कम्युनिस्ट आन्दोलनमा लागेका मान्छे दक्षिणपन्थी दिशामा विसर्जन भएर गएका छन्’ नेपालले भने,‘यो नौलो कुरा होइन।

त्यसबाट हामी निरास हुँदैनौ केपी ओलीको कदमविरुद्ध सिंगो देश नै आन्दोलित, तरंगित भयो। यो पार्टी मात्रै होइन संसदमा भएका राजनीतिक दलहरू पनि आन्दोलनमा उत्रिए।’

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले भन्दै नेपालले सो फैसला ऐतिहासिक भएको बताए ।

पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनको भनाइ थियो ।

नेपालले भने,‘अत्यन्तै गलत प्रवृति बोकेका केपी ओली पार्टीको अध्यक्षबाट निष्कासित भइसके, पार्टी सदस्यबाट हटिसके, तर पनि अटेर भएर अझैं पदमा टाँसिएर बसेका छन्। सर्वोच्चको फैसला पछि पराजित भइसके पनि पदमा टाँसिएर बसेको देख्दा सारा दुनियाँ आश्चर्यचकित छन् । कस्ता सन्तान नेपाली आमाले जन्माएछन् भनेर।’

उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरूप्रति कर्केनजर नलगाउन चेतावनी दिए ।

नेत्रविक्रम चन्द विप्लव राजनीतिको मुल प्रवाहमा आएपनि कम्युनिस्ट आन्दोलनको मुल प्रवाहमा आउन बाँकी रहेको भन्दै नेपालले आफूहरू कम्युनिस्ट आन्दोलनको मुल प्रवाहमा विप्लवलाई स्वागत गर्ने दिनको प्रतिक्षामा रहेको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ४९ बजे

कार्की आयोगलाई ओलीको बयान : तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा भएको घटनाको

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

आफ्नो बचाउ गर्दै रविको बयान : कारागारले दिएको पत्र बनाउन मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट