लागुऔषधसहित चार पक्राउ « Khabarhub

लागुऔषधसहित चार पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले चलाउँदै गरेको से३प ७५९२ नंको मोटरसाइकल, दुई थान मोबाइल र नगद रु दुई हजार १७० बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

पक्राउ परेका दुवैलाई मोटरसाइकल र बरामद लागुऔषधसहित आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

यसैगरी कृष्णपुर नगरपालिका–४ का दुई जनालाई इलाका प्रहरी कार्यालय गुलरियाले लागुऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीवन ऐर र कमल दौल्याल रहेका छन् ।

दुवै जनाको साथबाट १८६ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ४७ बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले