ओली समूह आक्रामक, खनाल–नेपाल समूह सामानान्तर कमिटी बनाउँदै | Khabarhub Khabarhub

ओली समूह आक्रामक, खनाल–नेपाल समूह सामानान्तर कमिटी बनाउँदै



पोखरा– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि दुवै पार्टीले भोलिपल्ट नै आ–आफ्ना पार्टी कार्यालयमा पुरानै पार्टीको नाममा बोर्ड झुण्ड्याउन हतारो गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड झुण्ड्याएलगत्तै देशैभरका कार्यालयमा एमालेको बोर्ड झुण्डियो । खासगरी केपी ओली पक्षधर नेता कार्यकर्ताहरुमा एमालेप्रतिको मोह बढी रहेको देखिन्थ्यो ।

अन्य जिल्लाहरुमा जस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा पनि नेकपाको पार्टी कार्यालय सबैमा पूर्ववत नेकपा एमालेको बोर्ड झुण्डियो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई गत फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले दुई पार्टी एकतालाई वैधानिकता नदिएपछि चिन्ता र चासो हुनुपर्नेमा नेता कार्यकर्ताहरुमा झनै खुशीयाली छायो ।

सर्वोच्चको फैसलापछि ओलीसमूहले ठाउँ-ठाउँमा विजय उत्सव नै मनाएको थियो ।

अदालतले पूर्ववत पार्टीलाई मान्यता दिएपछि ओलीसमूह अत्याधिक हौसिरहँदा माधव नेपाल र झलनाथ खनाल समूहमा भने तीब्र असन्तुष्टी बढेको छ ।

पार्टीभित्रै छलफल र अन्तसंघर्षबाट अघि बढ्ने निष्कर्षमा पुगेका नेपाल–खनाल समूहका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जिम्मेवारविहीन बनाइदिए पछि यो समूहले जिल्ला जिल्लामा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

निकै कमजोर रहेको गण्डकी प्रदेशका जिल्लाहरुमा पनि सामानान्तर कमिटी गठनको तयारी खनाल–नेपाल समूह लागेको छ । ओलीले आफूलाई बेवास्ता गर्दै अघि बढेपछि छुट्टै अस्तित्वको खोजीमा लाग्नुपरेको नवलपुरका नेपाल समूहका नेता रबीन्द्र अधिकारीले बताए ।

बुधबार राष्ट्रिय भेलाको आयोजना गरेको खनाल–नेपाल समूहले कास्की, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, नवलपुर लगायतका जिल्लामा सामानान्तर समिति गठन गर्ने तयारी गरेको छ ।

गण्डकीका अधिकांश जिल्लामा ओली समूहको बाहुल्यता रहे पनि बाग्लुङमा भने खनाल–नेपाल समूह बलियो छ ।

बागलुङका एमाले अध्यक्ष, सचिव र उपसचिवसहित बहुमत सदस्य नेपाल समूहमा छन् । राष्ट्रिय भेलाले सबै जिल्लामा समानान्तर समिति बनाउने वा पार्टी अलग्गै भएर जाने एउटा निर्णय गर्ने नेपाल समूहका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले पनि आफ्नो संगठानिक संरचनाहरु बनाउँदै जान थालेपछि नेपाल पक्षले छुट्टै समूह बनाउन लागेको हो । आइतबार मात्रै म्याग्दीको बेनीमा नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालय स्थापना गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ५३ बजे

‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्न आवश्यक’

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्