२ नम्बर प्रदेशले कर्मचारी पदस्थापन गर्न सकेन, काम नगरि तलब पकाउँदै कर्मचारी « Khabarhub

२ नम्बर प्रदेशले कर्मचारी पदस्थापन गर्न सकेन, काम नगरि तलब पकाउँदै कर्मचारी


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भएको बताउँदै आएको प्रदेश सरकारले कर्मचारी उपलब्ध हुँदा भने पदस्थापन गर्न सकेको छैन ।

प्रदेश नं २ सरकार गठन भएदेखि कर्मचारी अभावमा कामकाज प्रभावित भइरहेको बताउँदै आइरहेको अवस्थामा अहिले प्रदेश नं २ मा समायोजन भएर आएका कर्मचारीको एक महीना बित्न लाग्दासमेत पदस्थापन हुन नसकेको हो ।

प्रदेश सरकारले पदस्थापन गर्न नसक्दा विगत एक महीनादेखि सयौं कर्मचारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हाजिर गरी तलब पकाइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयबाट प्रदेश नं २ मा पदस्थापनको लागि दुई हजार ४२२ कर्मचारी नामावलीसहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महीनाको मध्यतिर पठाइसकेको छ । जसमध्ये हालसम्म लेखाअधिकृत, शाखा अधिकृत, सहलेखापाल जस्ता कर्मचारीलाई मात्रै पदस्थापन भएको छ ।

नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधक तर्फको कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन । जसका कारण ती कर्मचारी अहिले मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भने, “हामीलाई कतै पदस्थापन नगरेसम्म त यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो । यो हाम्रो रहर होइन । प्रदेश सरकारले चाँडै पदस्थापन गरोस् । हामी काममा खट्छौं ।”

अन्य सबै प्रदेशमा कर्मचारी पदस्थापनको काम दुई साताअघि नै भइसकेको छ । प्रदेश नं २ मा कर्मचारी पदस्थापन नहुँदा विभिन्न कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ । विकासको काम पनि कर्मचारी अभावले गति लिनसकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले कर्मचारी पदस्थापनका लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ५७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी