संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र « Khabarhub

संसद सचिवालयमा दर्ता भएन ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको पत्र दर्ता गर्न संघीय संसद सचिवालयले अस्वीकार गरेको छ ।

नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले गरेका निर्णयबारे अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डसमेतका नेताहरुले ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता गर्न महासचिव भरतराज गौतमलाई बुझाए पनि दर्ता गर्न अस्वीकार गरेको हो ।

कानूनअनुसार छलफल गरेर मात्रै निर्णय गर्ने भन्दै महासचिव गौतमले पत्र दर्ता नगरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।

उनले भने,‘केपी ओलीलाई दलको नेताबाट हटाएको जानकारीसहितको पत्र दर्ताका लागि हामी सचिवालयमै छौं । तर महासचिव आवश्यक कानूनी परामर्शपछि मात्रै जवाफ दिने भन्नुभएको छ ।’

सांसद खतिवडाका अनुसार ओलीलाई दलको तेताबाट कारबाही गरेको जानकारीसहतको पत्रल लिएर सिंहदरबारस्थित महासचिव डाक्टर भरतराज गौतमको कार्यकक्षमा दाहाल नेपाल समुहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार सहितका नेताहरु पुगेका छन् ।

टोलीमा वरिष्ठ नेता झलनाथ खनाल, मुख्य सचेतक देव गुरुङ लगाएतका नेताहरु समेत सहभागी भएको सांसद खतिवडाले बताए । प्रचण्ड नेपाल समुहको नेकपा संसदीय दलले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय समेत गरेको थियो ।

यसअघि नेकपाको दाहाल नेपाल समुहको संसदीय दलले दलको नेतामा प्रचण्डलाई बनाउने निर्णय गरेको थियो । त्यसबाहेक प्रधानमन्त्रीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई समेत नचिन्ने जानकारी गराएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  २ : ५० बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु