दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता « Khabarhub

दाहाल-नेपाल समूहले संसदीय दलको नेता चयन गरेको पत्र संसद् सचिवालयमा दर्ता


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ।

नेकपाको दाहाल नेपाल समूहका सांसदहरुले संसदका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेर पत्र दर्ता गराएका हुन्।

लामो समयको विवादपछि दाहाल नेपाल समूहको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको हो।

यसअघि महासचिवले कानुनी सल्लाह लिएर अगाडि बढ्ने अडान लिएका थिए। तर दाहाल-नेपाल समूहका सांसदहरुले पत्र दर्ता गर्नुपर्ने वा दर्ता नगर्नुको कारण दिनुपर्ने बताएका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ३ : ४२ बजे

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना