सर्वोच्चको फैसलापछि ‘दाहाल-नेपाल’ समूह आकस्मिक छलफलमा « Khabarhub

सर्वोच्चको फैसलापछि ‘दाहाल-नेपाल’ समूह आकस्मिक छलफलमा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिक छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।

सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका हुन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताइएको छ ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ ।

सर्वोच्चले नेकपाको आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतबार फैसला सुनाएको हो।

सर्वोच्चले नेकपा नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।

सर्वोच्चको फैसला अनुसार अब एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब ती दुबै दल एक हुने भए फेरि प्रक्रिया सुरु गर्नुपर्ने छ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ०६ बजे

अमेरिका–इरान वार्ताबारे फैलिएका अड्कलबाजीबीच इरानी राजदूतको स्पष्टिकरण

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर