कर नतिर्ने एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ– रेखा थापा « Khabarhub

कर नतिर्ने एनसेलको कार्यालयमा ताला लगाउनुपर्छ– रेखा थापा


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बाैको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवाहरुलाई आह्वान गरेकी छन् ।

चलचित्र निर्मातृसमेत रहेकी थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको भन्दै त्यसविरुद्ध युवाहरु अग्रसर हुनुपर्ने बताइन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले करिव ४० अर्ब पूँजीगत लाभकर बुझाउन बाँकि रहेको उल्लेख गर्दै एनसेलको कार्यालयमा ताला लगाउन पनि सरकारलाई आग्रह गरिन् ।

एनसेलबाट पूँजीगत लाभकर असुली नगरेसम्म त्यस विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने अभिनेत्री थापाको भनाइ थियो ।

एनसेलले हाल करिव ४० अर्ब पूँजीगत लाभकर भुक्तानी गर्न बाँकी छ । तर, सरकारले त्यसलाई उठाउन चासो नदिएको नागरिक अगुवाहरुले गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : २१ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल