स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत « Khabarhub

स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वीट्जरल्यान्डमा मुस्लिम महिलाहरूले बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा बहुमतले समर्थन जनाएका छन्।

दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएकोमा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका छन् । विपक्षमा ४८.८% मानिसले भोट हालेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केहीले मात्रै मात्र त्यस्तो पोशाक लगाउने गरेकोमा जनमत संग्रहबाट आएको निर्णयले महिलाहरूलाई अप्ठ्यारो पारेको ठानिएको छ ।

स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएका थिए । तर महिलाहरूको विरोधकाबीच जनमत संग्रहबाट दर्ज भएको अभिमतलाई अब प्रतिबन्धको रूपमा स्वीस संविधानमा उल्लेखित हुनेछ ।

सार्वजनिक स्थलमा मुहार ढाक्ने इस्लामिक पहिरनको विषय अन्य युरोपेली देशहरूमा पनि विवाद छ ।

फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने द नेदर्ल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार