शिक्षा मन्त्रालयका कर्मचारीकाे जिम्मेवारी हेरफेर « Khabarhub

शिक्षा मन्त्रालयका कर्मचारीकाे जिम्मेवारी हेरफेर


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिइएको छ भने सोही मन्त्रालयको प्राविधिक महाशाखाको जिम्मेवारी केही समयअघि बागमती प्रदेशबाट सरुवा भएर मन्त्रालय आएका सहसचिव डा. हरि लम्साललाई दिइएको छ ।

त्यस्तै, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक महानिर्देशक केशव दाहाललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरिएको छ भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक अणप्रसाद न्यौपानेलाई पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक बनाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रमा कार्यरत रुद्र अधिकारीलाई राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेललाई विद्यालय शिक्षक किताबखानामा सरुवा गरिएको छ ।

विद्यालय शिक्षक किताबखानामा रहेका उपसचिव शिवकुमार सापकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ११ : ३५ बजे

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा