उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पसछे विजयी | Khabarhub Khabarhub

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पसछे विजयी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी भएका छन् । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्दै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गरेका हुन् ।

भोछिभोयाले ४३९ मत प्राप्त गरेका थिए । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन भएका थिए भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी भएका छन् ।

सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी भएका हुन् । तिमल्सिनाले ३६४ मत प्राप्त गरेका थिए । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी भएका छन् भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध भएका थिए । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी भएका छन् ।

खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ(बि), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ(ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी भएका छन् ।

महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १ : २५ बजे

ट्रम्पलाई मेजमानी गर्न खाडी देशबीच होडबाजी, यस्ताे छ रकमी विदेश नीतिको साैदाबाजी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खाडी क्षेत्रका तीन मुलुकको भ्रमण

टुँडिखेलमा साकेला नाचको रौनक (तस्बिरहरू) 

काठमाडौं– किराँत राईहरूले काठमाडौंको टुँडिखेलमा साकेला नाचेर उँभौली मनाएका छन्

बैतडीमा खुकुरी प्रहारबाट दुई महिला घाइते

बैतडी– बैतडीमा स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट दुई जना महिला

स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

काठमाडौं– रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख

हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छ : वनमन्त्री शाही

काठमाडौं–  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका