उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पसछे विजयी « Khabarhub

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पसछे विजयी


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी भएका छन् । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्दै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गरेका हुन् ।

भोछिभोयाले ४३९ मत प्राप्त गरेका थिए । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन भएका थिए भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी भएका छन् ।

सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी भएका हुन् । तिमल्सिनाले ३६४ मत प्राप्त गरेका थिए । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी भएका छन् भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध भएका थिए । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी भएका छन् ।

खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ(बि), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ(ए), उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी भएका छन् ।

महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १ : २५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)