राजपरिवारमा बस्दा बाँच्ने इच्छा नै मरेको थियो: मेगन मर्केल « Khabarhub

राजपरिवारमा बस्दा बाँच्ने इच्छा नै मरेको थियो: मेगन मर्केल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायती राजपरिवारकी सदस्य डचिस अफ ससिक्स मेगन मर्केलले राजपरिवारभित्रको जीवनमा कतिपय अवस्थामा आफ्नो बाँच्ने इच्छा मरेको बताएकी छन् ।

बेलायती राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै नै कठिन भएको र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी हुन् । व्यक्तिगत कुराहरू खोतलिएको ओफ्रा विन्फ्रेसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि नपाएको बताइन् ।

राजपरिवारको एक सदस्यले आफ्नो छोराको छाला कति अश्वेत होला भनी सोध्नुलाई नमीठो अनुभव भएको उनले बताएको बीबीसीले उल्लेख गरेको छ ।

राजकुमार ह्यारीले आफूले राजकीय जिम्मेवारीबाट पछि हट्ने बताएपछि बुवा राजकुमार चाल्र्सले आफ्नो फोन नै उठाउन छोडेको बताए . बहुप्रतीक्षित उक्त अन्तर्वार्ता आइतवार राति अमेरिकामा प्रसारण भएको थियो ।

अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् । मेगनले सन् २०१८ को विवाहपछि अवस्था बिग्रिन सुरु भएको बताएकी छन्।

‘मैले यो बुझेँ कि उनीहरू मलाई बचाउ नगर्ने मात्रै होइन, उनीहरू परिवारका अन्य सदस्यलाई बचाउ गर्न झुटो बोल्न पनि तयार थिए ।’ उनले भनिन् ‘तर उनीहरू मलाई र मेरो पतिलाई बचाउन सत्य बोल्न पनि तयार थिएनन् ।’

सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा बोलेका छन् ।

उनीहरूले मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेका छन् । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् ।

गत महिनामात्रै उनीहरू राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया