पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न « Khabarhub

पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ ।

इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए ।

उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए ।

उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए ।

–एएफपी

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ५५ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि