सरकारले सेक्युरिटी प्रेस मेसिन ल्याउँदै | Khabarhub Khabarhub

सरकारले सेक्युरिटी प्रेस मेसिन ल्याउँदै


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ‘सेक्युरिटी प्रेस मेसिन’ खरिद प्रक्रिया अगाडि बढाएको छ । सुरक्षण मुद्रण केन्द्रले हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणका लागि टेन्डर गरेको हो ।

करिब ८० करोड मूल्य अनुमान गरिएको मेसिन ल्याएर अर्को वर्षदेखि नेपालमा सरकारी पक्षबाटै सुरक्षण मुद्रण सुरु गर्ने केन्द्रको योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल चालु आर्थिक वर्षभित्रै मेसिनको आपूर्ति हुने बताउँछन् । ‘मेसिन आएपछि जडान र सञ्चालनको तयारी गर्न एक वर्षजति समय लाग्छ,’ उनले भने,’बनेपाको आईटी पार्कको भवनलाई मेसिन राख्न मिल्ने गरी तयार गर्नुपर्ने हुन्छ ।’

सुरक्षण मुद्रणको लागि भवन र मेसिन बनाउन अर्थ मन्त्रालयसँग बहुवर्षीय ठेक्का लगाउन अनुमति मागिए पनि चालु आर्थिक वर्षमा त्यस्तो अनुमति नपाएको पौडेलले बताए ।

सरकारले यसअघि फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर (जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणपछि जर्मनीको भेरिडोस कम्पनीसँग मागिएको कोटेसनलाई आधार बनाएर आईएनलाई ठेक्का दिने सरकारी योजना तुहिएको थियो ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : २४ बजे

मदन भण्डारी हत्या प्रकरणका अपराधीलाई नाङ्गेझार पार्नुपर्छ : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारी

मदन भण्डारी अस्पताल उर्लाबारी : ड्युटी समयमा मापसे गर्ने दुई कर्मचारी निलम्बन

मोरङ – उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा

वीरगंजमा जसपा नेपालको खबरदारी सभा, परिसंघद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

वीरगंज– जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रीय परिसंघले

विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद 

काठमाडौं– कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजनमा आज

खोपारा लेकमा पर्यटकीय पूर्वाधार निर्माण सुरु

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को