दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू « Khabarhub

दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर छलफल गर्न नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक शुरू भएको छ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरू भएको हो ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि यो समूहले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।

यसअघि आज बिहान ११ बजे बोलाइएको बैठक ३ बजेलाई सारिएको थियो ।

बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपा नाममाथि फैसला गर्दै ऋषि कट्टेलको पार्टीलाई मान्यता दिएर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ४ : ३२ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने