प्रहरीलाई घुस दिन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

प्रहरीलाई घुस दिन खोज्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने सवारी चालकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भारतको नयाँदिल्लीबाट बाँकेको नेपालगन्ज हुँदै गत चैत ३० गते काठमाडौं भित्रिएको गाडीमा भन्सार छली गरि ल्याइएका सामान प्रहरीले बरामद गरेको थियो ।

महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खगिएको प्रहरी टोलीले ना ५ ख ४८४२ नम्बरको यात्रुबाहक बसबाट भन्सार छली गरेर ल्याइएका अवैध सामान बरामद गरेको थियो ।

बस चेकजाँचका क्रममा बसका चालक श्याम विश्कर्माले प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिन खोजेका थिए । यस्तै गाडीमा रहेका दिपा राना र भरत तामाङले थप ५० हजार रुपैयाँ प्रहरीलाई घुस दिन खोजेका थिए ।

प्रहरीले घुस दिन खोज्ने तीनैजना र बसलाई समेत नियन्त्रणमा लिएको थियो । घुस दिने खोज्ने ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाइएको थियो ।

अख्तियारले तीनैजनामाथि छानबिन गरी आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ४१ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला