यामाहाको अगुवाईमा भक्तपुरमा ‘हरियाली अभियान’ « Khabarhub

यामाहाको अगुवाईमा भक्तपुरमा ‘हरियाली अभियान’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडव्लू इन्टरप्राइजेजको यामाहा द व्हिल्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियान थालिएको छ ।

एमएडव्लू इन्टरप्राइजेजकोको सामाजिक कार्यका लागि गठित एमएडव्लू फाउण्डेशनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम) अन्तर्गत हरियाली अभियान थालिएको हो ।

यामाहाको हरियाली अभियानमा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन् । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको छ । हरिायाली कायम गर्न वृक्षरोपण तथा दुबो रोपिएको छ ।

यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शोरुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले आफ्नो ठाउँं आफैं बनाऔं भन्ने हिसावले सबैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको राजमार्ग छेउमा हरियाली प्रवर्द्धन गर्न वृक्षरोपण र दुबो रोपिएको जानकारी दिए ।

योजना अन्तर्गत पहिलो पटक हेज जातको ७० वटा र गोल्डेन धुपी जातका २० वटा विरुवा रोपिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : १२ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले