यामाहाको अगुवाईमा भक्तपुरमा ‘हरियाली अभियान’ « Khabarhub

यामाहाको अगुवाईमा भक्तपुरमा ‘हरियाली अभियान’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडव्लू इन्टरप्राइजेजको यामाहा द व्हिल्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियान थालिएको छ ।

एमएडव्लू इन्टरप्राइजेजकोको सामाजिक कार्यका लागि गठित एमएडव्लू फाउण्डेशनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम) अन्तर्गत हरियाली अभियान थालिएको हो ।

यामाहाको हरियाली अभियानमा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन् । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको छ । हरिायाली कायम गर्न वृक्षरोपण तथा दुबो रोपिएको छ ।

यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शोरुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले आफ्नो ठाउँं आफैं बनाऔं भन्ने हिसावले सबैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको राजमार्ग छेउमा हरियाली प्रवर्द्धन गर्न वृक्षरोपण र दुबो रोपिएको जानकारी दिए ।

योजना अन्तर्गत पहिलो पटक हेज जातको ७० वटा र गोल्डेन धुपी जातका २० वटा विरुवा रोपिएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : १२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु