एमाले र माओवादी अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

एमाले र माओवादी अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय (भिडियोसहित)


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता झलनाथ खनालले आ-आफ्नो पार्टीबाट रहेर एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको बताए । खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्‍यो ।’

यसैगरी माओवादी र एमाले अलग भएर जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने,‘अदालतको फैसलाप्रति गम्भिर छौं । माओवादी र नेकपा एमाले बन्ने नै भयो, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने भयो । नयाँ ढंगको एकीकरणको पहल भयो भने त्यही ढंगको भयो । माओवादी र नेकपा एमालेको प्रक्रिया अघि बढ्नेछ । यद्यपी निर्वाचन आयोगले पत्र लेखेपछि आयोगमा गएर नै प्रक्रिया प्रारम्भ हुन्छ ।’

हेरौँ भिडियो

उनले भने,‘ हिजो सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भिर छलफल भयो । सर्वोच्चको फैसला रिट निवेदक मागभन्दा बाहिर गएर राजनीतिक फैसाल गरेको छ । नामका बारेमा निष्कर्ष निकाल्ने वा आदेश गर्नुपर्ने जिम्मेवारी हुँदाहुँदै बाहिर गएर फैसला गरिएको छ ।’

राजनीतिक पार्टीलाई विभाजन गर्ने फैसलाप्रति गम्भिर असहमति रहेको उनले बताए । उनले भने, ‘राजनीतिकरणमा दृष्टिकोण राख्ने र कानूनी ढंगले पनि उपुयुक्त उपचार खोज्नेछौँ।’

बैठकले २०७५ जेठ ३ गते भएको एकीकरणपछि निर्माण भएको नेकपाको उद्धेश्यका बारेमा गम्भिरताका पूर्वक अघि बढ्ने संकल्प गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत नेताहरु सहभागी थिए। नेकपा नामसम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै कट्टेललाई नाम दिएपछि एमाले र माओवादी केन्द्र ब्युँतिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : १५ बजे

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा