तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री « Khabarhub

तेजाब आक्रमणमा संलग्नलाई कारबाही गर्न ल्याइएको अध्यादेश रोकिनुहुन्न : प्रधानमन्त्री


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणमा संलग्नलाई कारबाहीका लागि जारी भएको अध्यादेशलाई संसद‍मा प्रवेश नदिने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रयास गलत भएको बताएका छन् ।

१११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौँमा आयोजित समारोहमा उनले तेजाब आक्रमणकारीलाई नियन्त्रणसम्बन्धी अध्यादेशलाई अगाडि बढाउन नदिइएकामा आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्षका केही र प्रतिपक्षका सांसद्ले अध्यादेशहरु कार्यसूचीमा ल्याएकामा विरोध जनाएका थिए ।

उनले महिलालाई शिक्षा, रोजगारी र सम्पत्ति प्राप्तिमा सशक्त तुल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै नारी जगतको उत्थान र उन्नयनतर्फ नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताए ।

उनले महिलालाई सबल, सक्षम र सशक्त बनाउन उनीहरूलाई नीति निर्माणको तहमा पुर्‍याइने बताए ।

महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले महिलालाई विकासको मूल प्रवाहमा समाहित गर्न र पुरुष समान बनाउन आरक्षणको व्यवस्था गरिएको बताए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ८ : ४१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको