आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग « Khabarhub

आइएलओ अभिसन्धि १९० अनुमोदन गर्न माग


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १११औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न संघसंगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, अनेरास्ववियुलगायतले महिला अधिकार संरक्षणका लागि ‘आइएलओ अभिसन्धि १९० पारितका लागि दबाब सिर्जना गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री जुलीकुमारी महतोले दिवसका अवसरमा शुभकामना दिएकी थिइन ।

सो अवसरमा ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले दुई दशकअघिदेखि आइएलओ अभिसन्धि पारितको कुरा उठाउँदै आए पनि अहिलेसम्म संसदबाट अनुमोदन हुन नसकेको बताइन् ।

ट्रेड युनियन कांग्रेसका पूर्वाध्यक्ष लक्ष्मणबहादुर बस्नेतले अभिसन्धि पारित गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिए ।

“अभिसन्धि पारित नभए अहिलेसम्म श्रमिक अधिकारका लागि भएका र गरिएका कार्य व्यर्थ हुनेछ”, उनले भने ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ९ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु