युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने « Khabarhub

युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन (एएफपी)- युरोपेली संघका सदस्य राष्ट्रहरुले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् ।

युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरुलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए ।

खोप उत्पादकहरुले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरु ल्याउने तयारी भएको उनको भनाइ छ ।

युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए ।

युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ६ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया