ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ  – सूर्य थापा « Khabarhub

ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ  – सूर्य थापा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको फैसलासँगै साविकको नेकपा एमाले र माओवादी केन्द्रको अवस्थामा पुगेपछि ओली पक्षीय नेताहरू बलियो भएका छन् ।

नेकपा एमालेभित्र स्पष्ट बहुमत रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् ।

मंगलवार बिहानै फेसबुकमा स्ट्याटस लेख्दै थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ३० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय