चैत पहिलो सातादेखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण « Khabarhub

चैत पहिलो सातादेखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको नम्बर एक गायन रियालिटी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् ।

हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल ‘राउण्ड’मा प्रतिस्पर्धा गर्नेछन् । यसपटकको शोमा निर्णायकको समूहमा गायिका आस्था राउतको ठाउँमा अर्की गायिका तृष्णा गुरुङ भित्रिएकी छन् ।

उनीबाहेक अघिल्ला संस्करणका निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : २० बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी