भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक अवरूद्ध « Khabarhub

भारतमा विपक्षीको अवरोधपछि दुवै सदनको बैठक अवरूद्ध


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (पीटीआई)- भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुबै सदनको गतिविधि अवरूद्ध बनेको छ ।

तेलको मूल्य वृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो ।

दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुने बित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् ।

त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । विपक्षीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै उनले आश्चर्य व्यक्त गरेका थिए ।

यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन् । जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन्।

राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने