ताइवानले सञ्चालन गरेको मत्सु टापु क्षेत्रमा चिनियाँ अतिक्रमण | Khabarhub Khabarhub

ताइवानले सञ्चालन गरेको मत्सु टापु क्षेत्रमा चिनियाँ अतिक्रमण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवानले मत्सु टापु आसपासका क्षेत्रमा चीनले बालुवा उत्खनन् गरी अतिक्रमण गरेको आरोप लगाएको छ ।

चीनले अवैधरुपमा बालुवा उत्खनन् गरेर सो क्षेत्रमा अतिक्रमण थालेपछि त्यहाँका स्थानीयहरुको आफूहरुको जिविकोपार्जनमा समेत समस्या निम्तिएको जनाएका हुन् ।

अवैध बालुवा उत्खननकै कारण ड्रेजिङका जहाजहरू तथा स्थानीय माछा मार्न प्रयोग गरिएको डुंगा सञ्चालनमा समस्या निम्तिएको स्थानीयको भनाइ छ ।

डीडब्ल्यूको जोइस लीको एक भिडियो रिपोर्टमा चीनले स्थानीयका माछा मार्ने डुंगाहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

छ वर्षदेखि सो क्षेत्रमा माछा मार्दै आएका चिह जुई(यिनले भने,  ‘यस क्षेत्रमा पहिले माछा मारेर एक लाख ताइवान डलर कमाइ हुने गरेकोमा अहिले यो घटेर १० हजारमा ताइवान डलरमा झरेको छ । १० प्रतिशत मात्र बाँकी छ ।’

चीनले सो क्षेत्रमा अतिक्रमण गर्न थालेपछि त्यहाँका माछाहरु समेत अन्यत्र भागेको उनले दाबी गरे ।

यस प्रकारको चिनियाँ अतिक्रमणले मत्सु वरपर तटीय क्षेत्रमा क्षति निम्त्याएको डीडब्ल्यू न्यूजले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ०८ बजे

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४

रामकुमारीदेखि किसानसम्मलाई भोलि ओलीले एमालेमा स्वागत गर्ने

काठमाडौँ– नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री

सहमति कार्यान्वयन गर्न ऊर्जालाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले डेडिकेटेड तथा ट्रंकलाइनको मध्यमार्गी बाटो