ताइवानले सञ्चालन गरेको मत्सु टापु क्षेत्रमा चिनियाँ अतिक्रमण « Khabarhub

ताइवानले सञ्चालन गरेको मत्सु टापु क्षेत्रमा चिनियाँ अतिक्रमण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेइ– ताइवानले मत्सु टापु आसपासका क्षेत्रमा चीनले बालुवा उत्खनन् गरी अतिक्रमण गरेको आरोप लगाएको छ ।

चीनले अवैधरुपमा बालुवा उत्खनन् गरेर सो क्षेत्रमा अतिक्रमण थालेपछि त्यहाँका स्थानीयहरुको आफूहरुको जिविकोपार्जनमा समेत समस्या निम्तिएको जनाएका हुन् ।

अवैध बालुवा उत्खननकै कारण ड्रेजिङका जहाजहरू तथा स्थानीय माछा मार्न प्रयोग गरिएको डुंगा सञ्चालनमा समस्या निम्तिएको स्थानीयको भनाइ छ ।

डीडब्ल्यूको जोइस लीको एक भिडियो रिपोर्टमा चीनले स्थानीयका माछा मार्ने डुंगाहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ ।

छ वर्षदेखि सो क्षेत्रमा माछा मार्दै आएका चिह जुई(यिनले भने,  ‘यस क्षेत्रमा पहिले माछा मारेर एक लाख ताइवान डलर कमाइ हुने गरेकोमा अहिले यो घटेर १० हजारमा ताइवान डलरमा झरेको छ । १० प्रतिशत मात्र बाँकी छ ।’

चीनले सो क्षेत्रमा अतिक्रमण गर्न थालेपछि त्यहाँका माछाहरु समेत अन्यत्र भागेको उनले दाबी गरे ।

यस प्रकारको चिनियाँ अतिक्रमणले मत्सु वरपर तटीय क्षेत्रमा क्षति निम्त्याएको डीडब्ल्यू न्यूजले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ०८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको