भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवर्द्धन केन्द्रको नयाँ भवन उद्घाटन « Khabarhub

भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवर्द्धन केन्द्रको नयाँ भवन उद्घाटन


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा निर्मित ललितपुरको सहकारी प्रवद्र्घन केन्द्रको भवन उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले गरेकी छन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वअर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति थियो

३ करोड ५० लाख रुपैयाँ भारत सरकारको आर्थिक सहयोगमा तीन तले भवन निर्माण गरिएको केन्द्रले जनाएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ । यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।

No description available.

सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजनासहित ८४ वटा परियोजना बागमती प्रदेशमा छन् । यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ । यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढीकरण गर्नु हो ।

यस नवनिर्मित सहकारी प्रवद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ ।

भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ । यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ०४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका