हिरो लिग खेल्न सावित्रा र अनिता सोमबार भारत जाँदै   « Khabarhub

हिरो लिग खेल्न सावित्रा र अनिता सोमबार भारत जाँदै  


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – हिरो इन्डियन वुमन्स लिग खेल्न जान लागेका दुई नेपाली महिला खेलाडीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।
आइतबार एन्फा भवन सातदोवाटोमा कार्यक्रम आयोजना गरि नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको बिदाई गरेको हो ।

नेपालबाट विदेशी लिग खेल्न दुवै खेलाडी सोमबार भारत जाँदैछन् भने उनीहरु विदेशी लिग खेल्ने पहिलो खेलाडी समेत बनेका छन् ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सावित्रा र अनिता घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन् । उनीहरुले हिरो इन्डियन वुमन्स लिगमा सेथु एफसीबाट खेल्नेछन् ।

सेथु एफसीले सावित्रा र अनितालाई तेस्रो संस्करणका लागि टोलीमा आवद्ध गरेको छ । १४ टोली रहेको प्रतियोगितामा सेथु समूह बि मारहेको छ ।

प्रतियोगिता मे ५ देखि सुरु हुनेछ भने लिगका सबै खेलहरु गुरु नानक स्टेडियम लुधियानामा हुनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ३२ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित