प्रिमियर लिगमा शीर्ष चारका लागि संघर्षरत आर्सनल पराजित « Khabarhub

प्रिमियर लिगमा शीर्ष चारका लागि संघर्षरत आर्सनल पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष चौथो स्थानका लागि संघर्षरत आर्सनल लेस्टरसिटीसँग पराजित भएको छ । आइतबार बेलुकी सम्पन्न खेलमा लेस्टरसिटीले आर्सनललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनल मइतल्यान्डस् निल्सले २ पहेंलो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो । त्यसकाको फाइदा उठाउन सफल भएको लेस्टरका लागि जमाइ भार्देले दुई तथा युरी तेइलेमान्सले एक गोल गरे । लेस्टरका लागि खेलको ५६ औं मिनेटमा तेइमानले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

त्यस्तै, भार्देले खेलको ८६ मिनेटमा र खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दैै टिमलाई जीत दिलाएका थिए । जीतसँगै लेस्टरसिटी लिगको अंक तालिकामा ५१ अंकसहित ८ औं सथनमा रहेको छ ।

पराजित आर्सनल केही समयका लागि पाँचौ स्थानमा रहेपनि आज राति नै हुने म्यान्चेस्टर युनाइटेड र चेल्सीविरुद्धको खेलको नतिजाले उसको स्थान परिवर्तन हुनसक्नेछ ।

३६ खेलबाट ६४ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ भने ३५ खेल खेलेको चेल्सीको ६७ अंकरहेको छ भने ३५ वटै खेल खेलेको युनाइटेड ६४ अंकसहित छैठौं स्थान छ । चेल्सीले जिते आर्सनल यथावत रहनेछ भने युनाइटेडले जिते पछि धकेलिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ४६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट