पशुपतिनाथमा भक्तजनलाई कञ्चनजङ्गा अगरवत्ती निःशुल्क वितरण « Khabarhub

पशुपतिनाथमा भक्तजनलाई कञ्चनजङ्गा अगरवत्ती निःशुल्क वितरण


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिरमा सावित्री कञ्चनजङ्गा अगरवत्ती निःशुल्क वितरण गरिएको छ ।

शिवरात्रिका अवसरमा पशुपतिनाथ पुगेका भक्तजनहरुलाई सावित्री कञ्चनजङ्गा उद्योगले आफ्नो कम्पनीले उत्पादन गरेको अगरबत्ति निःशुल्क वितरण गरेको हो ।

मन्दिरभित्र पस्नको लागि खोलिएका मुख्य तीन क्षेत्र बागेश्वरी, गुजेश्वरी र तिलगंगामा स्टल राखी त्यहाँबाट स्याम्पलिङ धूप वितरण गरिएको कञ्चनङ्गा अगरवत्तीका व्यवस्थापक पुस्कर केसीले बताए ।

उनले भने, ‘पूजाआजाका लागि हामीले भक्तजनहरुलाई निःशुल्क अगरबत्तीका साथै पानी र क्याप पनि वितरण गरेका छौँ ।’

तिर्खाएका भक्तजनको प्यास मेटाउन पानी र गर्मीबाट बच्नको लागि क्याप वितरण गरेको उनले बताए । १२ हजार भन्दा बढी भक्तजनहरुलाई पूजाको लागि धूप वितरण गरिसकेको पनि उनले जानकारी दिए ।

त्यस्तै, कञ्चनजङ्गाले पशुपति क्षेत्र वकास कोषको अनुमति लिएर बागेश्वरी तिलगंगामा महान पर्व शिवरात्री २०७७ को अवसरमा भ्रमण गर्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछौँ लेखिएको प्रवेशद्धारा समेत निर्माण गरेको छ ।

महाशिवरात्रिमा भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

हिन्दु धर्मावलम्वीहरूको आस्थाको केन्द्र पशुपतिनाथमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

हरेक वर्ष फागुण कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइने गरिन्छ ।

पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रि विशेष महत्वकासाथ मनाउने गरिन्छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ४० बजे

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा