बागलुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते « Khabarhub

बागलुङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ घाइते


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ-ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप बिहीबार अपराह्न वडा नम्बर १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

ट्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : ४८ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर