पशुपतिमा छेकेन कारोनाले, भित्र नियन्त्रण गर्दा बाहिर थामिनसक्नु घुइँचो « Khabarhub

पशुपतिमा छेकेन कारोनाले, भित्र नियन्त्रण गर्दा बाहिर थामिनसक्नु घुइँचो


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी रुपमा कोरोना भाइरस महामारीको जोखिम अझै घटेको छैन । तर, यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि पुगेका मानिसको भीडले भने कोरोना महामारी समाप्त भएको आभास दिएको छ ।

कोरोना महामारीका कारण ८ महिनाभन्दा लामो समय सार्वजनिक स्थलमा सरकारले लगाइएको प्रतिबन्ध खुकुलो भएसँगै चाड पर्वमा हुने गतिविधि खुला भएको हो। लामो समय पशुपतिनाथको समेत दर्शन गर्न नपाएका भक्तजनको घुइँचो शिवरात्रिमा देखियो । तर, पशुपति क्षेत्र विकास कोषले भने विगत वर्षभन्दा यस वर्ष दर्शनार्थी घटेको जानकारी दिएको छ ।

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले गत वर्ष १६ लाखले पशुपतिनाथको दर्शन गरेकोमा यो वर्ष साँझ साढे ६ बजेसम्म ६ लाख दर्शनार्थीले मात्रै दर्शन गरेको जानकारी दिए । कोषले मन्दिर परिसरमा प्रवेश गरी पूजा तथा दर्शन गर्ने दर्शनार्थीको मात्रै संख्या गणना गर्दछ । यद्यपि, शिवरात्रिको अवसरमा मेलासमेत लाग्ने भएकाले मेला भर्ने तथा घुम्न आउनेहरुको संख्या समेत गणना गर्ने हो भने दोब्बर संख्या हुने कार्यकारी निर्देशक खतिवडाले बताए ।

‘हामीले दर्शन गर्ने दर्शनार्थीको मात्रै संख्या गणना गर्ने हो ।’ उनले भने, ‘दर्शन नगरी घुम्ने तथा मेला भर्नेहरुलाई पनि गणना गर्ने हो भने यो संख्या दोब्बर हुन सक्छ ।’

विगत वर्षमा शिवरात्रिमा साधु, सन्त तथा अघोरी बाबाको उल्लेख उपस्थिति हुने गरेकोमा यसपटक उनीहरुको संख्यामा समेत कमी आएको छ ।

पशुपति क्षेत्र विकास कोषले दर्शन गर्न आउने प्रत्येक दर्शनार्थीले मास्क लगाउनु पर्ने अनिवार्य नियम बनाएको थियो । दर्शनका लागि लाइनमा बस्ने अधिकांशले मास्क लगाए पनि केहीले चिउडोमा मास्क सिउरिएको देखियो ।

दर्शन गर्ने भन्दा पनि घुम्ने र मेला भर्नका लागि पशुपति पुगेका अधिकांशले कोरोनालाई बेवास्ता गरेको थियो । अधिकांशले मास्क लगाएको देखिएन । दिउँसोको घामले गर्मी हुँदा मास्क नलगाएको कतिपयको भनाइ थियो ।

नेपालमा अग्रपंतिमा रहेर खटिने तथा प्राथमिकतामा परेका व्यक्तिहरुले मात्रै कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।

आम सर्वसाधारणले खोप पाउने अझै निश्चित छैन । खोप लगाएकाहरुले पनि सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क लगाउनु पर्ने चिकित्सकको सुझाव छ । तर, पशुपतिमा लाखौँ मानिसको भीडमा मास्क नलगाएका थुप्रै भेटिए ।

भित्र नियन्त्रण गर्न खोज्दा बाहिर भिडम्भाड

कोरोना महामारीको कारण विगत वर्ष जस्तो यसपटक पशुपतिमा दर्शन गर्न आउनेहरुको संख्यामा केही कमी आएको पशुपति क्षेत्र विकासले जनाएको छ । दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न तथा मन्दिर परिसरमा मानिसहरुको चाप नियन्त्रण गर्न खोज्दा बाहिर भने भिडम्भाडको अवस्था सिर्जना भएको थियो ।

पशुपति क्षेत्र बाहिरीको प्रवेश मार्गदेखि भित्री मार्गको ठाउँ ठाउँमा सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरी प्रवेशमा नियन्त्रण गर्दा बाहिरी क्षेत्रमा मानिसको अत्यधिक चाप बढेको थियो । तिलगंगादेखि चाबहिल चोकसम्मको सडकमा ठेलम्ठेलको अवस्था थियो । मृगस्थली क्षेत्रबाट आउने मार्गको तीन चार ठाउँमा सुरक्षाकर्मीले रोक्दा मानिसहरु सहज रुपमा मन्दिर परिसर बाहिरसमेत पुग्न कठिनाइ भएको थियो ।

पशुपति क्षेत्रमा भूकम्पले भत्किएका कतिपय संरचनाको पुनःनिर्माण कार्य भइरहेकाले भौतिक क्षति हुन नदिन पनि भीड नियन्त्रण आवश्यक रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । ‘विगतमा भन्दा यसपटक भीड नियन्त्रण आवश्यक नै थियो । मृगस्थली क्षेत्रबाट हुलहुजत गर्नेहरुलाई नियन्त्रणका लागि कडाइ गरिएको हो ।’ उनले खबरहबसँग भने ।

एकतिरबाट प्रवेश गरेको मानिसको भीड अर्कोतर्फबाट सहज रुपमा निस्कन नपाउँदा सुरक्षाकर्मीलाई नियन्त्रणका लागि हम्मेहम्मे परेको देखिन्थ्यो । केही स्थानमा भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले लाठी चार्ज गरी तर्साउने गरेको पनि पाइयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ७ : ३९ बजे

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका