मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : १५ बजे

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा खड्कालाई उम्मेदवार बनाउने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको

भारतमा महिला आरक्षण विधेयक बहसमा

एजेन्सी– भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारण श्रेष्ठलाई

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ