मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने वा प्र.०२–०१९प ६०७९ नंको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : १५ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले