पशुपतिनाथका भक्तजनलाई नेपाल मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

पशुपतिनाथका भक्तजनलाई नेपाल मेडिसिटी अस्पतालको निःशुल्क स्वास्थ्य परीक्षण


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करीब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहीबार रातिसम्म सेवा सञ्चालन गरेको हो ।

शिविरमा केही आकस्मिक अवस्थाका बिरामी थिए भने साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागी थिए । सेवा प्राप्त गर्ने अधिकांश भक्तजनहरुमा साधारण घाँउ, चोटपटक र कमजोरी भएको पाइएको थियो ।

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्य प्रतिको सबैको चासो बढेका कारण शिविर स्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गरे ।

ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउदै जाने महाप्रबन्धक विजय रिमालले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : १३ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना