वरिष्ठ पत्रकार शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पत्रकार शर्माको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको हो । स्व शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गरेका थिए ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत बनाएको उल्लेख गर्दै शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् ।

उनको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : ३० बजे

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान