जब प्रदेश २ का प्रमुख झाले कक्षा १ का विद्यार्थीलाई पढाए | Khabarhub Khabarhub

जब प्रदेश २ का प्रमुख झाले कक्षा १ का विद्यार्थीलाई पढाए


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रमुख डा राजेश झाले जनकपुरको एक विद्यालयको निरीक्षण गर्ने क्रममा कक्षा १ का विद्यार्थीलाई पढाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ९ स्थित श्री सरस्वती उच्च माविको कक्षा १ का बालबालिकालाई प्रदेश प्रमुख झाले पढाएका हुन् ।

शुक्रवार दिउँसो करिब १ बजे अचानक विद्यालय पुगेका प्रदेश प्रमुख झाले आफूले कक्षा १ का बच्चाहरुको कक्षामा केही समय बिताउन चाहेको इच्छा व्यक्त गरेका थिए ।

मुलुककै पुरानो विद्यालयको रुपमा चिनिने जनकपुरधामको ऐतिहासिक सरस्वती माविमा पुगेर कक्षा १ का बच्चाहरुलाई उनले आधा घण्टा पढाएका थिए ।

देश निर्माणमा अहम भूमिका खेलेका विभिन्न क्षेत्रका हस्तीहरु सो विद्यालयको कक्षा १ बाटै शिक्षादीक्षा आर्जनको थालनी गरेकाले सोही कक्षामा केहि समय बिताउन चाहेको उनले बताए ।

‘यो विद्यालय त्यही हो, जहाँ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, कांग्रेस उपसभापति विमलेन्द्र निधी, पूर्व गर्भनर सत्य प्यारा श्रेष्ठ र केयुका उपकुलपति सुरेशराज शर्मा जस्ता दर्जनौं हस्तीहरु उत्पादन भएका छन् । तर, यस्ता व्यक्ति उत्पादन गर्ने विद्यालय आज जर्जर अवस्थामा पुगेको छ ।’ उनले भने ।

२००४ सालमा स्थापना भएको विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी विद्यालयको कक्षा १२ सम्म अध्ययनरत छन् । २०७२ सालको महाभूकम्पपछि विद्यालयको मुख्य भवन प्रयोग विहिन भएपनि पुनर्निर्माणमा कसैको ध्यान जान सकेको छैन । तीन विघा १९ कठ्ठा क्षेत्रफलमा रहेको विद्यालयमा २०७०\०७१ तथा ०७३/०७४ मा नयाँ भवन बनाइए पनि पुरानो ऐतिहासिक भवन विनाश हुने अवस्थामा पुगेको छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले विद्यालयमा प्रदेश प्रमुखको आगमनले शिक्षकहरूमा देखिएका कमी कमजोरीसमेत उजागर भएको र यसले त्यसलाई सुधार्ने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : २९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर