गण्डकी सरकारको निर्ब्याजी कर्जाका लागि ४ हजार बढीको आवेदन | Khabarhub Khabarhub

गण्डकी सरकारको निर्ब्याजी कर्जाका लागि ४ हजार बढीको आवेदन


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोरोना संक्रमणका कारण प्रभावित साना लगानीका व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार बढीले निवेदन दिएका छन् ।

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणका कारण समस्यामा परेका साना लगानीका व्यवसायीलाई निर्ब्याज ऋण उपलब्ध गराउने भन्दै आवेदन मागेको थियो ।

बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको थियो ।

व्यवसाय जीवन रक्षा कोष (सञ्चालन) कार्यविधि, २०७७ बमोजिम उद्यमी र व्यवसायीलाई विनाब्याज कर्जा उपलब्ध गराउन यही फागुन ८ गते प्रथम पटक सूचना प्रकाशन गरिएको थियो ।

विभिन्न क्षेत्रका व्यवसायीबाट थप समयको माग भएकाले पुनः आगामी चैत ६ गतेसम्म निवेदन दिने समय थप गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीकाअनुसार वार्षिक रु ५० लाख वा सोभन्दा कम कारोवार भएका उद्यमी व्यवसायीले सम्बन्धित ‘क’ वर्गका वाणिज्य बैंकमा तोकिएका कागजात संलग्न गरी निवेदन पेश गर्न आह्वान गरिएकामा ४ हजार १६६ ले निवेदन दिएका छन् ।

वाणिज्य बैंकबाट आवेदन भर्न सकिने व्यबस्था प्रदेश सरकारले गरे पनि कतिपय व्यवसायीले भने आवेदन भर्न नपाएको गुनासो गरेका छन् ।

सञ्चार माध्यामबाट सूचना सुनेर सोध्दा वाणिज्य बैंकले अनविज्ञता जनाएको नवलपुरका व्यवसायी ध्रुवकुमार श्रेष्ठले बताए ।

मुख्यमन्त्री कार्यालयका उपसचिव भण्डारीकाअनुसार गण्डकी प्रदेशका १८ वाणिज्य बैंकलाई छनोट गरेको र कार्यविधिअनुसार नै प्रक्रिया अघि बढेको बताए ।

प्रदेश सरकारले एक अर्बको व्यवसायी पुनर्कर्जा कोषको शुभारम्भ गरे पनि कोभिडबाट प्रभावित व्यवसायीले त्यो कर्जा लिएर व्यवसाय सञ्चालन गर्ने अझै वातावरण नभएको गुनासो गर्दै आएका छन् ।

ट्राभल्स र मनि चेञ्जरलगायत अन्य केही साना व्यवसायीलाई सरकारको नीतिगत व्यवधानका कारण यो कर्जाको सुविधा लिनबाट वञ्चित गराएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ११ : १५ बजे

तथ्यमा आधारित समाचार बनाउन पत्रकारलाई गण्डकीका मुख्यमन्त्री पाण्डेको आग्रह

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूसँग रिस गर्नेहरूले तथ्यहीन

आणविक केन्द्र ध्वस्त नभएको भन्ने समाचारप्रति ट्रम्पको आक्रोश

वाशिङ्टन – इन्टलिजेन्सको रिपोर्ट भन्दै सार्वजनिक समाचारप्रति मेरिकी राष्ट्रपति डोनाल्ड

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ